दफा
पुनरावेदन न्यायाधिकरणको स्थापना
(१) यस ऐन बमोजिम न्यायाधिकरणले गरेको निर्णय उपर पुनरावेदन सुन्ने प्रयोजनको लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आवश्यकता अनुसार ऋण असुली पुनरावेदन न्यायाधिकरणको स्थापना गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम पुनरावेदन न्यायाधिकरणको स्थापना गर्दा त्यस्ता पुनरावेदन न्यायाधिकरणको मुकाम तथा प्रादेशिक क्षेत्राधिकार समेत तोकिदिनु पर्नेछ । (३) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै पुनरावेदन न्यायाधिकरणलाई आफ्नो प्रादेशिक क्षेत्राधिकारभन्दा बाहिरको न्यायाधिकरणले गरेको आदेश वा निर्णय उपर पुनरावेदन सुन्ने गरी तोक्न सक्नेछ ।